arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अशोक लेल्यान्ड र पोखरा फाइनान्सबीच कर्जा सम्झौता 

Aug 15, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । अशोक लेल्यान्ड र पोखरा फाइनान्सबीच बुधवार कर्जा सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए ।  नेपालका लागि आईएमई ग्रूप अशोक लेल्यान्डको आधिकारिक वितरक हो । सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिश पाएका ग्राहकले उक्त बैंकबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउनेछन् । उक्त कर्जा अशोक लेल्यान्डका विभिन्न प्रकारका सवारीसाधनको खरीदमा पाइने बैंकले जानकारी दिएको छ । यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न सजिलो हुने दुवै कम्पनीका प्रमुखको भनाइ छ । कर्जा सुविधाका साथ दुवै कम्पनीबीच संयुक्त रूपमा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्