arthik abhiyan
ad banner

ई–सेवा र युके एडको सक्षमबीच हस्ताक्षर

Aug 15, 2019
बजार
Image Not Found

काठमाडौं (अस) । ई–सेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्न ई–सेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा ई–सेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् । सम्झौतामार्फत स्थापित ई–सेवा क्यास पोइन्टले डिजिटल माध्यमबाट ग्रामीण उपभोक्तालाई वित्तीय सेवा प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकमा नवीन डिजिटल वित्तीय सेवाको पहुँच पु¥याउनु भएको बताइएको छ । 

कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दालाई वित्तीय सेवामा पहुँच प्रदान गर्न युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा खुशी लागेको छ ।’
 

प्रतिक्रिया दिनुहोस्