arthik abhiyan
ad banner

किङ्स कलेजसँगको सहकार्यमा यूरोपेली डेमोला ग्लोबल नेपालमा

Aug 15, 2019
बजार
Image Not Found

काठमाडौं (अस) । फिनल्यान्डको ‘डेमोला ग्लोबल’ नामक संस्थाले किङ्स कलेजसँगको सहकार्यमा नेपालमा आनो सेवा शुरू गरेको छ । बुधवार यससम्बन्धी सम्झौतामा डेमोला ग्लोबल र कलेजबीच हस्ताक्षर भयो ।

डेमोलाले निजी, सरकारी लगायत सबै खालका संस्थाहरूले भोगिरहेका वा भविष्यमा भोग्न सक्ने समस्याको पहिचान गरी समाधानको उपाय खोज्दछ । कलेजसँगको सम्झौताअनुसार संस्थाले कलेजका कर्मचारी तथा विद्यार्थीसँग मिलेर आठ हप्ताभित्र विभिन्न चरणमा संस्थाका समस्याहरूको पहिचान गरी सम्भाव्य नवीन र सिर्जनात्मक समाधानका विकल्प खोज्नेछ । 

बुधवार नै डेमोलाले अन्नपूर्ण मिडिया नेटवर्क, यङ इनोभेशन, काठमाडांै महानगरपालिकाको शहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्पसँग पनि सेवा सहमति गरेको छ । 

डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाका कर्मचारीका साथ यस परियोजनामा डेमोला ग्लोबलका विज्ञ तथा विश्वविद्यालयका प्राध्यापकहरूले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । 

डेमोला नेपालको कार्य सञ्चालन शुरुआत घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित फिनीस दूतावासकी काउन्सलर, काटी भोसले विशेषतः औद्योगिक क्षेत्रले भोगिरहेका आधुनिक समयका समस्या समाधानका लागि शिक्षामा आधारित अनुसन्धानमाथि जोड दिने बताइन् । 

‘यस परियोजनाअन्तर्गत कम्पनी वा संस्थाका कर्मचारीसँग मिलेर समस्या समाधान गर्ने क्रममा विद्यार्थीहरूले औपचारिक अध्ययन सक्नुअघि नै आफ्नो क्षमता प्रमाणित गर्नेछन्,’ परियोजना संयोजक स्वेच्छा राजभण्डारीले भनिन्, ‘जसका कारण ती कम्पनी वा संस्थाहरूले विद्यार्थीमाथि विश्वास गर्न थाल्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्