arthik abhiyan
ad banner

सडकका खाल्डा पुर्दै युवा अभियन्ता

Aug 15, 2019
प्रदेश ०१
NA

विराटनगर (अस) । सामाजिक कार्यमा सक्रिय हातेमालो संस्था, कटहरी शाखाले जीर्ण सडक मर्मत गरेको छ । विराटनगर–रंगेली सडक खण्डको कटहरी–२ स्थित गोपाल फनपार्क अगाडि संस्थाका युवा अभियन्ताले मर्मतसम्भार गरेका हुन् ।

जीर्ण सडक मर्मतमा सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरूले नै मर्मत गरेका संस्थाको कटहरी शाखाका अध्यक्ष सञ्जित साहले बताए । 

अभियन्ताहरूलाई सडक मर्मतमा केही स्थानीय र प्रहरीले साथ दिएको थियो । संस्थाले सामाजिक सचेतनाका लागि भित्ते चित्रलेखन, ट्राफिक नियमको पालनामा जनचेतना, साप्ताहिक सरसफाइ लगायत काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्