arthik abhiyan
ad banner

पोखरामा ३४ जनामा डेंगी संक्रमण

Aug 15, 2019
प्रदेश ०४
NA

कास्की (अस) । पोखरामा डेंगीको संक्रमण फैलिएको छ । सोमवारसम्ममा ३४ जना डेंगीबाट संक्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले बताए । ‘दैनिकजसो डेंगीका बिरामीको संख्या बढ्दै गएको छ’ उनले भने । 

उनका अनुसार पोखराका विभिन्न अस्पतालमा हाल ११ जना डेंगी संक्रमितको उपचार भइरहेको छ । बिरामीलाई झुलसहित छुट्टै कोठामा राखेर उच्च निगरानीका साथ उपचार भइरहेको उनले बताए । पोखरा महानगरका ८ र ९ वडामा सबैभन्दा बढी डेंगी संक्रमित भेटिएका छन् । डेंगी संक्रमण बढेपछि विभिन्न संघसंस्थाको अगुवाइमा सचेतना अभियान चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्