arthik abhiyan
ad banner

जर्मनीको अर्थतन्त्र खुम्चियो 

Aug 15, 2019
अन्तरराष्ट्रिय
Image Not Found

बर्लिन (जर्मनी) । जर्मनीको अर्थतन्त्र सन् २०१९ को दोस्रो त्रैमासमा शून्य दशमलव १ प्रतिशत घटेको छ । जर्मनीको फेडेरल स्ट्याटिस्टिक्स अफिसले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो त्रैमासको तुलनामा जर्मनीको अर्थतन्त्र खुम्चिएको हो । 

निर्यातमा देखिएको कमीका कारण अर्थतन्त्र कमजोर भएको हो । सो अवधिमा जर्मनीको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशत बढेको छ । यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी आर्थिक मन्दीमा पर्नबाट भने जोगिएको छ । जर्मनीका अधिकांश आर्थिक सूचक नकारात्मक देखिएका छन् । घरायसी र सरकारी खर्च बढेको छ । निर्माण क्षेत्र असामान्य रूपमा वर्षको शुरुआती ३ महीनामा घटेको थियो । 

यससँगै फ्रान्सको बेरोजगारी घटेको तथ्यांक सार्वजनिक भएको छ । इनसी राष्ट्रिय तथ्यांक विभागका अनुसार फ्रान्सको बेरोजगारी यस वर्षको दोस्रो त्रैमासमा ८ दशलमव ५ प्रतिशतमा झरेको छ । यो सन् २००८ यताकै कम हो । पहिलो त्रैमासमा फ्रान्सको बेरोजगारी ८ दशमलव ७ प्रतिशत थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्