arthik abhiyan
ad banner

यूरोपेली शेयर बजार ओरालोतर्फ 

Aug 15, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । बुधवार यूरोपका प्रमुख शेयर बजार ओरालोतर्फ लागेका छन्  । कमजोर आर्थिक सुधारको नतीजाका कारण शुरुआती कारोबारमा यूरोपेली शेयर बजार घटेका हुन् । बुधवारको शुरुआती करोबारमा यूरो स्टक्स६०० शून्य दशमलव ४ प्रतिशत घटेको थियो । त्यस्तै, बेलायतको फुट्सी, जर्मनीको जीडाक्सी र फ्रान्सको एफकी शेयर परिसूचक घटेका छन् । 

बुधवार यूरोक्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर सुस्त देखिएसँगै यूरोपेली शेयर बजार घटेका हुन् । यूरोक्षेत्रको अर्थतन्त्र सो अवधिमा शून्य दशमलव २ प्रतिशत बढेको समाचार सार्वजनिक भएको छ । वर्षको शुरुआती ३ महीनामा यूरोक्षेत्रको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशत घटेको थियो । 

बुधवार एशियाली शेयर बजार भने बढेका छन् । अमेरिकाले केही चिनियाँ उत्पादनमा आयातकर बढाउने निर्णय स्थगित गर्ने समाचार सार्वजनिक भएसँगै एशियाली शेयर बजार बढेका हुन् । जापानको निक्केई२२५, चीनको साङ्हाई कम्पोजिट, दक्षिण कोरियाको कोस्पी, हङकङको हाङसेङ लगायत एशियाली बजारमा बुधवार केही सुधार देखिएको छ । मंगलवार अमेरिका–चीन तथा जापान–दक्षिण कोरिया व्यापारयुद्ध चर्किंदो अवस्थामा रहेकाले एशियाली शेयर बजार ओरालो लागेका थिए । केही चिनियाँ उत्पादनमाथि कर स्थगित गर्ने अमेरिकाको निर्णयसँगै लगानीकर्तामा केही आशा देखिएको हो ।

पछिल्लो समय देखिएका विभिन्न व्यापारिक समस्याका कारण विश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जान सक्ने विश्लेषकहरूले बताउँदै आएका छन् । यसले पनि विश्वभरका लगानीकर्तामा आशंका देखिएको हो । अमेरिकाको दुईवर्षे र दशवर्षे प्रतिलब्धि दरको अन्तरले पनि विश्व अर्थतन्त्र अहिले सुस्ताउँदो क्रममा रहेको संकेत गरेको छ । हाल उक्त अन्तर सन् २००७ यताकै कमजोर अवस्थामा छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्