arthik abhiyan
ad banner

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

Aug 15, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । चीनमा सन् २०१९ को शुरुआती ७ महीनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३ प्रतिशत बढेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष चीनमा जनवरीदेखि जुलाईसम्म ५३३ अर्ब युआन अर्थात् ७९ अर्ब डलर लगानी भएको छ । 

जुलाईमा मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा एफडीआई ८ दशमलव ७ प्रतिशत बढेर करीब ५५ अर्ब युआन पुगेको छ । ७ महीनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । विशेषतः उच्च प्रविधिका क्षेत्रमा बढी लगानी भएको छ । 

वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ । चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी एफडीआई लगानी भएको छ । मन्त्रालयका अनुसार लगानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी छ । यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ । जर्मनीबाट ७२ दशमलव ४ र कोरियाबाट ६९ दशमलव ७ प्रतिशत लगानी वृद्धि भएको छ । 

वाणिज्य मन्त्रालयको तथ्यांकमा यूरोपेली संघबाट पनि अघिल्लो वर्षको तुलनामा १८ दशमलव ३ प्रतिशत बढी लगानी भएको छ । बेल्ट एन्ड रोड (बीआरआई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशत वृद्धि भएको छ । रासस/सिन्हवा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्