arthik abhiyan
ad banner

गाईजात्राको रमाइलो ! (फोटो फिचर)

Aug 16, 2019 
Slider फोटो फिचर
Image Not Found

साउन ३१, काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवंगत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा शुक्रवार देशैभर मनाइएको छ । विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिंगारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ । गाईजात्रा हेर्न स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ । बिहानैदेखि शुरु भएको उक्त जात्रामा टोलटोलबाट विभिन्न वेषभूषामा नाच निकालिएको छ ।

गाईजात्रा निकालेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने विश्वासका साथ वर्षभर मृत्यु भएका व्यक्तिका आफन्तले सो जात्रा निकालेका हुन् । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहारेका हुन्छन् भन्ने देखाउन तात्कालिन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आदेश दिएकाले यो पर्व शुरु भएको धार्मिक मान्यता छ ।

केही दशकअघिदेखि गाई जात्राका अवसरमा हाँस्य र व्यंग्यसमेत प्रदर्शन हुँदै आएको छ  । यसरी मृतकका घरघरबाट जात्रा निकालेर हनुमानढोकमा सामूहिक भेटघाट गराउँदा दुःखको पीडा कम हुने भएकाले पनि जात्राको लोकप्रियता बढेको हो । गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

गाईजात्राका अवसरमा संघसंस्थामा आबद्ध तेस्रो लिंगीहरू सामूहिकरूपमा ठमेलमा भेला भएर निकालेको गाईजात्राको दृश्य हेर्न लायकको थियो । पहिचानका लागि लामो समयदेखि संघर्ष गरिरहेका उनीहरुले केही वर्षदेखि गाईजात्रा निकाल्नाका साथै सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका छन् । रासस

दिवंगत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि शुक्रवार काठमाडौँको वसन्तपुरमा निकालिएको गाईजात्रा । तस्वीर : रासस

दिवंगत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि शुक्रवार काठमाडौँको वसन्तपुरमा निकालिएको गाईजात्रा । तस्वीर : रासस

दिवंगत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रवार काठमाडौँको ठमेलमा तेस्रो लिंगीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा र्‍यालीमा नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएरका तेस्रो लिंगी  । तस्वीर : रासस

गाईजात्राका अवसरमा शुक्रवार भक्तपुरमा ताहमचा लिएर नगर परिक्रमा गरिँदै । तस्वीर : रासस

भक्तपुरमा मनाइएको गाईजात्रामा व्यंग्य प्रदर्शन गरिँदै । तस्वीर : रासस

गाईजात्राका अवसरमा शुक्रवार भक्तपुरमा ताहमचा लिएर नगर परिक्रमा गरिँदै । तस्वीर : रासस

भक्तपुरको दरबारस्क्वायरमा शुक्रवार गाईजात्रा पर्व मनाउँदै नेवार समुदाय । तस्वीर : मोनिका मल्ल/आर्थिक अभियान

भक्तपुरको दरबारस्क्वायरमा शुक्रवार गाईजात्रा भइरहँदा बालबालिकाका लागि खेलौना बेचिरहेका एक व्यापारी । तस्वीर : मोनिका मल्ल/आर्थिक अभियान

भक्तपुरको दरबारस्क्वायरमा शुक्रवार गाईजात्रा पर्व मनाउँदै स्थानीय । तस्वीर : मोनिका मल्ल/आर्थिक अभियान

भक्तपुरको दरबारस्क्वायरमा शुक्रवार गाईजात्रा पर्व मनाउँदै स्थानीय । तस्वीर : मोनिका मल्ल/आर्थिक अभियान

भक्तपुरमा मनाइएको गाईजात्रामा पाँचतले मन्दिर परिसरमा नृत्य प्रस्तुत गर्दै  । तस्वीर : रासस

भक्तपुरमा मनाइएको गाईजात्रामा पाँचतले मन्दिर परिसरमा नृत्य प्रस्तुत गर्दै  । तस्वीर : रासस

गाईजात्राका अवसरमा भक्तपुरमा शुक्रवार महादेव र पार्वतीको स्वरुप प्रस्तुत गर्दै । तस्वीर : रासस

गाईजात्राका अवसरमा भक्तपुरको बंशगोपालमा ‘माक प्याख’ नृत्य प्रस्तुत गरिँदै  । तस्वीर : रासस

भक्तपुरको दरबार स्क्वायरमा शुक्रवार मनाइएको गाईजात्रा पर्वमा परम्परागत नाच नाच्दै नेवार समुदायका बालबालिका तथा महिला । तस्वीर : रासस

भक्तपुरको दरबारस्क्वायरमा शुक्रवार गाईजात्रा पर्व मनाउँदै नेवार समुदाय । तस्वीर : रासस

गाईजात्राको अवसर पारेर शुक्रवार दिक्तेलबजारमा लाठ्ठी नाच (ठाकठुके) प्रस्तुत गर्दै नेवार समुदाय । तस्वीर : रासस

गाईजात्राको अवसरमा दिवंगत भएका आफन्तको सम्झनामा शुक्रवार दिक्तेलबजारमा नृत्यसहितको रामायण गायन प्रस्तुत गर्दै नेवार कलाकार । तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्