ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोलखा उद्योग वाणिज्य संघ आफ्नै भवनमा

Aug 17, 2019  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३२, दोलखा । दोलखा उद्योग वाणिज्य संघले आफ्नै भवनबाट  सेवा शुरु गरेको   छ ।

विनाशकारी भूकम्पले जिर्ण बनेको भवनलाई रेट्रोफिट गरेपछि संघले आफ्नै भवनबाट सेवा शुरु गरेको हो । रेट्रोफिट सम्पन्न भएपछि  शनिवार संघका कार्यवाहक अध्यक्ष दिनेश थापाले भवनको उद्घाटन गरे ।

साढें तीन तले भवनको डेढतला काटिएको तथा १२ ओटा पिलर, विम तथा वालसमेत रेट्रोफिट गरिएको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले बताए । रेट्रोफिटका लागि एनसेटले डिजाइन तथा स्टिमेट उपलब्ध गराएको थियो । भीमेश्वर नगरपालिका  कार्यालयका प्राविधिकहरुको प्रत्यक्ष रेखदेख र निगरानिमा रेट्रोफिट गरिएको उनको भनाई छ ।

भवन मर्मतका लागि व्यापारी प्रभुराम श्रेष्ठले रू.६ लाख सहयोग गरेका थिए भने उद्योगी शेखर गोल्छाले रू.१ लाख सहयोग गरेका थिए । यस्तै दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुबाट पनि रकम जुटाइएको थियो ।

भवनको सबेै काम सम्पन्न गर्न रू.४० लाख लाग्ने अनुमान छ । नपुग रकम जुटाउनका लागि स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरुलाई  आग्रह गरिएको संघले बताएको  छ ।

माथिल्लो तलामा प्रिफ्यावको सुविधा सम्पन्न सभा हल बनाउने योजना रहेको महासचिव रिमालले बताए । महासंघको भवनमा हलसहित आठ कोठा रहेका छन् ।
 ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्