arthik abhiyan
ad banner

बरुण बेभेरेजलाई २ लाख जरिवाना

Aug 17, 2019 
प्रदेश ०३
Image Not Found

साउन ३२, हेटौंडा । जिल्ला अदालत मकवानपुरले बहुराष्ट्रिय कम्पनी बरुण बेभेरेजलाई रू.२ लाख जरिवाना गरेको छ । 

माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।     

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन २०५४ को दफा(१८)को बमोजिम रू.२ लाख जरिवाना गराउने फैसला गरेको हो ।  यस फैसलाले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिँदै अन्य उत्पादक उद्योगसमेत सचेत हुने उपभोक्ता हित संरक्षणमञ्चका उपाध्यक्ष अजय अधिकारीले बताए । रासस 
 

प्रतिक्रिया दिनुहोस्