ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा शुरु  

Aug 17, 2019  
अन्तरराष्ट्रिय
Image Not Found
फाइल फोटो

साउन ३२, श्रीनगर(भारत) भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा शुरु गरिएको छ ।     

काश्मिर उपत्यकामा अहिले अहिले १७ ओटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ । प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाईन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । 

अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएकोे थियो ।  

जम्मु काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ, यहाँ विगत केहीदिनदेखि अपरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतवार साँझसम्ममा सञ्चालनमा आउनेछन् ।’

सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् ।  रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्