arthik abhiyan
ad banner

तथ्यांकोवाच : व्यावसायिक केरा उत्पादनमा विद्यमान सम्भावना

Aug 18, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं  (अस) । गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रू. १ अर्ब ७८ करोडको ७५ हजार मेट्रिक टन केरा आयात भएको छ । गतआवमा केराको मागलाई घरेलु उत्पादनले ७७ प्रतिशत धानेको थियो भने मुलुकले २३ प्रतिशत आयात गरेको थियो । यद्यपि, आर्थिक वर्ष २०६५/६६ मा मुलुकको केराको कुल मागलाई ९८ प्रतिशत आन्तरिक उत्पादन र २ प्रतिशत आयातले धानेको थियो ।

मुलुकमा केराको माग बढिरहँदा यस क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको यस तथ्यांकले संकेत गरेको छ । नेपाली केरा उत्पादकको क्षमता वृद्धि, लागत न्यूनीकरण तथा उत्पादकत्व बढाए मुलुक केरा व्यवसायमा आत्मनिर्भर बन्न सक्छ । यसका लागि नेपाल सरकारले केरा र सोसँग सम्बन्धित सबै कारोबारलाई करमुक्त क्षेत्र घोषणा गर्नु जरुरी छ । त्यस्तै, नेपाली केरा उत्पादकलाई भारत र चीनका कृषकले पाएसरह अनुदान, प्रोत्साहन तथा संरक्षण प्रदान गर्नु पनि आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्