arthik abhiyan
ad banner

६० प्रतिशतले चुक्तापूँजी बढाएको एशियनको नाफा २६ प्रतिशत बढ्यो 

Aug 18, 2019 
लगानी
Image Not Found

भदौ १, काठमाडौं (अस) । गत आव २०७५/७६ मा एशियन लाइफ इन्स्योरेन्सले २६ प्रतिशत नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आव २०७४/७५ मा रू. ४ करोड ६० लाख नाफा गरेको कम्पनीले गत वर्ष रू. ५ करोड ८२ लाख नाफा गरेको हो ।

कम्पनीले गत वर्ष ६० प्रतिशत हकप्रद जारी गरी चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजार कायम गरेको छ । जगेडा कोषमा २८ प्रतिशतले रकम वृद्धि भई रू. ३२ करोड १५ लाख ९ हजार रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष करीब ४० प्रतिशत बढी रू. ४ अर्ब २१ करोड ९५ लाख १९ हजार बीमाशुल्क आर्जन गरेको छ । गत वर्षसम्म कम्पनीमा २ लाख ७२ हजार ९०३ बीमालेख कायम रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ९० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्