arthik abhiyan
ad banner

कुसोमको आठौं ‘जब एन्ड इन्टर्नशिप फेयर’ सम्पन्न

Aug 22, 2019 
रोजगारी
Image Not Found

काठमाडौं (अस) । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)को आठौं जब एन्ड इन्टर्नशिप फेयर (केजीआईएफ) मंगलवार सम्पन्न भएको छ । फेयरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, बीड म्यानेजमेन्ट, गोर्खा ब्रुअरी, मुभर्स एन्ड सेकर्स, पञ्चकन्या, सामसुङ इन्डिया, यति एयरलाइन्स, शिखर इन्स्योरेन्स लगायत ४० कम्पनीको सहभागिता थियो । फेयरमा काठमाडौं विश्वविद्यालयका बीबीए, एमबीए र बीबीआइएस लगायत शैक्षिक कार्यक्रमका १३० भन्दा बढी विद्यार्थीको अन्तरवार्ता लिइएको कुसोमले जानकारी दिएको छ । 

फेयरको आयोजना कुसोमको प्लेसमेन्ट सेलले वार्षिक कार्यक्रमका रूपमा गरेको हो । फेयरले विद्यार्थी र कर्पोरेट हाउसबीच पुलको काम गरेको कुसोमले बताएको छ । फेयरलाई विद्यार्थीले आफ्नो रुचिका क्षेत्रमा काम गर्ने र कम्पनीलाई कुसोमका योग्य जनशक्ति छान्ने अवसरका रूपमा लिइएको छ । सन् २०११ मा स्थापनादेखि नै योग्य जनशक्ति उपलब्ध गराउँदै आएको प्रतिक्रिया कुसोमले राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूबाट पाउँदै आएको छ । कम्पनीहरूबाट प्राप्त प्रतिक्रियाकै आधारमा फेयरका माध्यमबाट विद्यार्थी र कम्पनीहरूबीच उपयुक्त सम्पर्क स्थापित गराउन सकेको कुसोमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्