arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एशिया कप क्रिकेटमा सहभागी हुने खोलाडी छनोट, को–को  छन् टोलीमा ?  

Aug 22, 2019  
खेल विविध
Image Not Found
फाइल फोटो

भदौ ५, काठमाडौं । यसै महीना श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ ।

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले बिहीवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । 
सो टोलीमा छनोट हुनेहरूमा कप्तान पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सूर्य तामाङ, सागर ढकाल, हरिबहादुर चौहान, खडक बोहरा, लोकेश बम र प्रतिष जिसी छन् ।     

 उक्त प्रतियोगिता उद्घाटनका अवसरमा नेपालले गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।

त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नोे दोस्रो खेल भदौ २२ गते बंगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।  राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

गत असार महीनामा मलेशियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्