arthik abhiyan
ad banner

जनउत्थान सामुदायिक लघुवित्त : कम्पनी विश्लेषण (शुक्रवार, ६ भदौ २०७६)

Aug 23, 2019 
लगानी
Image Not Found

यस कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म शत प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले सो अवधिमा वितरण हुन नसकेको सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर भदौ १० गतेदेखि लीलाम विक्री गर्ने भएको छ । भदौ १७ गतेसम्म विक्रीमा रहने यस शेयरमा न्यूनतम १०० र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । कम्पनीले गत असार मसान्तसम्म रू. २ करोड ४६ लाख ९७ हजार खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवमा रू. १ करोड २९ लाख ६५ हजार थियो । रू. ४ करोड २९ लाख ६८ हजार चुक्ता पूँजी रहेको यो कम्पनीको जगेडा कोषमा रू. ६ करोड ५३ लाख ७९ हजार छ । गतवर्ष कम्पनीले रू. ३० लाख ५३ हजार खराब कर्जा उठाएको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. ७३ दशमलव ७३ छ । बिहीवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य १९ अंक घटेर रू. ९५६ कायम भएको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा र हालको मूल्यरेखा एकअर्काको नजीक छन् । बुधवारको शेयरमूल्य रू. ९५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ६५ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ८९३ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्