arthik abhiyan
ad banner

हिमाल दोलखाको आईपीओ बाँडफाँट

Aug 23, 2019 
लगानी
Image Not Found

भदौ ६, काठमाडौं (अस) । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ बिहीवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल ७४ हजार ४४० जनाले ३३ लाख ७८ हजार ६३० कित्तामा आवेदन दिएकोमा २ हजार ५५ जनाको भने प्रकृया नपुगेकोले अयोग्य ठहरिएको छ भने बाँकी ७२ हजार ३४५ जना आवेदकले ३१ लाख ५६० कित्ता शेयर पाएका छन् । 

कम्पनीले सर्वसाधारमा कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गरेको मध्ये १ लाख ५३ हजार ४४४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरेको र २५ हजार कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँट गरेको छ । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई विक्रीमा ल्याएको थियो । 

आईपीओ सबै नबिकेका कारण सबै आवेदकले मागेजति शेयर पाएका हुन् । कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणहरुको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा सर्वसाधारणबाट पूर्ण आवेदन नपरेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत साउन २६ गतेदेखि २८ गतेसम्म आईपीओ विक्री गरिएको थियो । 

हाल रू. ८२ करोड चुक्तापूँजी रहेको कम्पनीको स्थानीय र सर्वसाधारणको आईपीओ बाँडफाँट पश्चात रू. १ अर्ब ६० करोड पुग्नेछ । यस कम्पनीले इलाम जिल्लामा ४ दशमलव ५ मेगावाटको माईखोला साना जलविद्युत् आयोजना र ८ मेगवाटको माईसाना क्यास्केड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्