arthik abhiyan
ad banner

आइएमई जनरल इन्स्योरेन्सले लाभांश लिन बोलायो 

Aug 23, 2019 
लगानी
Image Not Found

भदौ ६, काठमाडौं ९अस० । आइएमई जनरल इन्स्यारेन्सले आर्थिक वर्ष २०६०/६१ देखि २०६१/६२ सम्मको लाभांश लिन बोलाएको छ । कम्पनीले उक्त रकम आगामी एक महीनाभित्र बुझिलिन भनेको हो । हाल लगानीकर्ता संरक्षण कोषको स्थापना भैसकेकाले कम्पनी ऐन अनुसार उक्त रकम संरक्षण कोषमा जम्म गर्नुपर्ने भएको हुँदा समयमै लाभांश पुर्जा लिन सूचना मार्फत आग्रह गरेको छ ।

अन्यथा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ । लाभांश लिन बाँकी सदस्यहरुको नाम कम्पनीको वेबसाइटमा समेत राखिएको कम्पनीको भनाइ छ । लगानीकर्ताहरुले लाभांशका लागि आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय, नक्सालमा सम्पर्क राख्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस्