arthik abhiyan
ad banner

तथ्यांकोवाच : स्याऊ खेतीमा विद्यमान सम्भावना

Aug 25, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा स्याऊको माग बढे पनि सोअनुसार उत्पादन हुन नसक्दा स्याऊको आयातमा वर्षेनि करीब ३७ प्रतिशत वृद्धि भइरहेको छ । ११ वर्षअघि रू. ३१ करोडको स्याऊ आयात भएकोमा हाल आयात बढेर रू. ४ अर्ब ९४ करोड पुगेको देखिन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार मुलुकमा स्याऊ खेतीका लागि उपलब्ध क्षेत्रफलमध्ये करीब ३८ प्रतिशतमा मात्रै स्याऊ खेती हुने गरेको छ । बाँकी ६२ प्रतिशत क्षेत्रफलमा अझै स्याऊ खेती विस्तारको सम्भावना छ ।

यसैगरी, नेपालको जस्तै जलवायु भएको स्वीट्जरल्यान्डको भन्दा यहाँ स्याऊको उत्पादकत्व निकै कम छ । यसरी उपलब्ध क्षेत्रफलमा स्याऊ खेती विस्तार गर्नुका साथै उत्पादकत्व बढाउने हो भने केही वर्षभित्र नै मुलुक स्याऊमा आत्मनिर्भर भई निर्यातकर्ता बन्ने सम्भावना पनि त्यतिकै छ । यसका लागि सरकारले लागि उपलब्ध जमीनमा स्याऊ खेतीको वातावरण सृजना गरी कृषकलाई अनुदान, प्रोत्साहन र खरीदको प्रत्याभूति दिलाउनु जरुरी छ । त्यस्तै, न्यूनतम खरीद मूल्यको व्यवस्था गरेर स्याऊ व्यवसायलाई करमुक्त क्षेत्र घोषणा गर्नु पनि आवश्यक छ ।


 

प्रतिक्रिया दिनुहोस्