arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकिङ कसुरको अभियोग लागेका सिटिजन्स बैंकका प्रबन्धकको निधन

Aug 26, 2019 
समाचार
Image Not Found


भदौ ९, राँझा । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयाघातका कारण गएराति निधन भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा निधन भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट निधन भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए ।

गत साउन ८ गते रू. २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महीनापछि भदौ ८ गतेका दिन हृदयघातबाट निधन भएको छ । उनको सोमवार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्