arthik abhiyan
ad banner

नाडा अटो शोको भव्य तयारी (फोटो फिचर)

Aug 26, 2019 
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ९, काठमाडौं । अटोमोबाइल क्षेत्रको बृहत प्रदर्शनी नाडा अटो शोको १४ औं संस्करण मंगलवार (भोलि)देखि शुरु हुँदैछ । यसका लागि स्टलहरुको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । भदौ १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा साना र ठूला गरी १६० ओटा स्टल तथा ब्लक रहनेछन् । कभर्ड हल, ठूलो चौर र बगैंचासमेत प्रदर्शनीका लागि लिइएको छ । यस्तै ९५ अटोमोबाइल कम्पनी सहभागी हुने आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बताएको छ ।

प्रदर्शनीमा सवारीसाधन, लुब्रिकेन्ट्स, टायर, पार्टपुर्जा लगायत अन्तरराष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक कम्पनी सहभागी हुँदै छन्, जहाँ २३ ब्रान्डका चारपांग्रे तथा १९ ब्रान्डका दुईपांग्रे सवारीसाधन, १२ ब्रान्डका लुब्रिकेन्ट्स, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री र १४ ब्रान्डका अटोपार्ट्स तथा ग्यारेज उपकरणका स्टल रहनेछन् । यस्तै १३ वित्तीय संस्थाको स्टल समेत रहने आयोजकले जानकारी दिएको छ ।

तस्वीरहरु : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

 

प्रतिक्रिया दिनुहोस्