arthik abhiyan
ad banner

शुरु भयो ‘नाडा अटो शो २०१९’, कस्ता–कस्ता स्टल छन् ? (हेर्नुहोस् फोटोफिचर)

Aug 27, 2019 
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १०, काठमाडौं । नाडा अटोमोबाइल्स डिलर एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०१९’ काठमाडौंस्थित भृकुटीमण्डपमा शुरू भएको छ । मंगलवार अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त मेलाको उद्घाटन गरेका हुन् ।

मेलामा विभिन्न कम्पनी एवम् ब्रान्डका दुई पांग्रे र चार पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् भने विद्युतीय सवारी र हाइब्रिड गाडी पनि प्रदर्शनीमा छन् । यस्तै, नाडाले यस वर्षदेखि प्रदर्शनीस्थल छेउमा रहेको बगैंचा पनि प्रदर्शनीका लागि उपयोग गरेको छ । उक्त बगैंचामा विभिन्न ग्यारेज उपकरण, टायर र लुब्रिकेन्ट्सको प्रदर्शनी गरिएको छ । मेलामा विभिन्न बैंक तथा बीमा कम्पनीले सवारीसाधन खरीदका लागि दिइने कर्जाको स्कीम ल्याएका छन् ।

भदौ १५ गतेसम्म सञ्चालन हुने मेलाको ७५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने रू. ५ अर्बभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको छ ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्