arthik abhiyan
ad banner

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती

Aug 28, 2019 
खेल विविध
Image Not Found
फाइल फोटो

भदौ ११, काठमाडौं । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।  

 भारतको कल्याणी रंगशालामा बिहीवार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै मंगलवार भएको खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।     

नेपाल र बंगलादेशको समान ६/ ६ अंक छ तर नेपाल हेड टु हेडको आधारमा बंगलादेशभन्दा अगाडि छ । बंगलादेश अंक तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै भारत ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । श्रीलंका तीन अंकका साथ चौथो स्थानमा छ भने अंकविहीन रहेको भूटान अन्तिम स्थानमा छ । बिहीवार नै हुने अर्को खेलमा भारतले बंगलादेशको सामना गर्नेछ ।

नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भूटान सहभागी छन् । रासस
 

प्रतिक्रिया दिनुहोस्