arthik abhiyan
ad banner

पहिरो कटान गर्न दैनिक ८ घण्टा राजमार्ग बन्द गरिने

Aug 28, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ११, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–काठेखोला खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

बागलुङ बजारदेखि काठेखोला १ अक्षेतेविचमा रहेको खहरे क्षेत्रको पहिरो कटान गर्नका लागि  लगातार एक महीनासम्म दैनिक आठ घण्टा सवारी साधन आवागमनमा रोक लगाउन लागिएको हो ।

बागलुङ बजारमा बसेको सर्वपक्षीय बैैठकले मध्यपहाडी लोकमार्ग कार्यालयबाट खहरे क्षेत्रको पहिरो कटान गर्न भदौ १८ गते देखि असोज १७ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको वैठकले लोकमार्गमा दैनिक विहान साढें सात बजेदेखि साढें नौ बजेसम्म र बिहान साढें १० बजेदेखि दिउँसो साढें चार बजेसम्म एक महीनाका सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

छलफलमा मध्यपहाडी लोकमार्ग बन्द रहने समयमा खहरे देखि पाला हुँदै अक्षेते सम्मको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने पनि निर्णय भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्