arthik abhiyan
ad banner

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरू

Aug 29, 2019 
प्रदेश ०४
NA

दमौली । स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको मर्मत शुरू भएको छ । उक्त खण्डअन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धूलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि मंगलवारदेखि मर्मत थालिएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडक मर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख विष्णुप्रसाद काप्mलेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई १ घण्टा कार्यकक्षमा थुनेका थिए । सो क्रममा डिभिजन प्रमुख काफ्लेले भदौ १५ गतेभित्र राजमार्ग मर्मत गर्ने प्रतिबद्धता गरेका थिए । 

स्थानीयवासीको दबाबपछि भत्किएको सडकखण्ड मर्मत शुरू भएको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका हरि रिमालले जानकारी दिए । ‘सडक कार्यालयमै गएर दबाब नदिएको भए यति चाँडै मर्मत हुने थिएन,’ उनले भने, ‘गुणस्तरीय कामका लागि अब हामी पनि अनुगमन गर्छौं ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्