arthik abhiyan
ad banner

मध्यपहाडी लोकमार्ग दैनिक ८ घण्टा बन्द हुँदै

Aug 29, 2019 
प्रदेश ०४
NA

बागलुङ (अस) । मध्यपहाडी लोकमार्गको बागलुङ–काठेखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि काठेखोला १ अक्षेतेबीचमा रहेको खहरे क्षेत्रको पहिरो कटानका लागि १ महीना सवारीसाधन आवागमनमा आंशिक रोक लगाइएको हो ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा बुधवार बसेको सर्वपक्षीय बैैठकले भदौ १८ देखि असोज १७ गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । मध्यपहाडी लोकमार्ग कार्यालयबाट खहरे क्षेत्रसम्मको पहरो कटान गर्नुपर्ने, तर सडकमा सवारीसाधन चलिरहँदा काम असहज हुने भएकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए । 

लोकमार्ग बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म र बिहान साढे १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म बन्द गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार छलफलमा मध्यपहाडी लोकमार्ग बन्द रहने समयमा खहरेदेखि पाला हुँदै अक्षेतेसम्मको सडक प्रयोग गर्न सकिने निर्णय समेत भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्