arthik abhiyan
ad banner

तथ्यांकोवाच : चुुइगम उत्पादनमा विद्यमान सम्भावना

Aug 29, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । मुलुकमा आर्थिक वर्ष सन् २००८/०९ देखि २०१८/१९ को अवधिमा चुइगम आयात औसतमा वार्षिक १९ प्रतिशत बढिरहेको छ । गत आवमा नेपालमा चुइगम आयात करीब रू. ७२ करोड पुगेको छ । यो अघिल्लो आवको तुलनामा करीब १२३ प्रतिशत बढी हो । यी तथ्यांकले नेपालमा चुइगमको माग प्रतिदिन बढिरहेको पुष्टि गर्छन् । यस पक्षलाई ध्यानमा राख्दै सरकारले चुइगम उत्पादन क्षेत्रलाई करमुक्त क्षेत्र घोषणा गर्नु आवश्यक छ । यसै गरी नेपाली चुइगम उद्योगको विकासका लागि नेपाली उद्योगलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गर्नु पनि त्यतिकै जरुरी छ । 

विश्वभर चुइगम निर्यात वार्षिक करीब ४ दशमलव ३ प्रतिशत बढिरहेको र सन् २०२४ मा २२ दशमलव २७ अर्ब डलर पुग्ने मोर्डन इन्टेलिजेन्सको अनुमान छ । चुइगमको यो विशाल बजारलाई ध्यानमा राखी नेपाली चुइगम निर्यात गर्ने नीति बनाउन पनि आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्