arthik abhiyan
ad banner

मालपोतका खरिदारसहित दुई जना पक्राउ

Aug 30, 2019 
विविध
NA
author avatar अभियान संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार मालपोत कार्यालय, बुटवलका खरिदारसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगको बुटवलस्थित कार्यालयबाट गएको टोलीले खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यावसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा सहजीकरण गरेवापत  सेवाग्राहीबाट रू. १ लाख २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । 

उनीहरूलाई मालपोत कार्यालय अगाडि रहेको लेखापढी सेवाको कार्यालयबाट पक्राउ गरिएको बताउँदै अख्तियारले   थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्