arthik abhiyan
ad banner

धौलागिरी गण्डकी यातायात सेवा प्रालिको अध्यक्षमा केसी

Aug 30, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अर्जुन कार्की

भदौ १३, बागलुङ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा उमेश केसी चयन भएका छन् । साविक धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको नामबाट सेवा प्रदान गर्दै आएको समितिले हाल नेपाल सरकारको निर्णय अनुसार धौलागिरी गण्डकी यातायात सेवा प्रालि दर्ता भएपछि भएको पहिलो अधिवेशनबाट केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

प्रा.लि.को प्रथम साधारणसभा तथा अधिवेशनले केसीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा घनश्याम मल्ल, उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, राजु तुलाचन, बाबुराम पौडेल, तुलब अधिकारी, हेम शर्मा पौडेल, छमप्रसाद शर्मा, जयबहादुर श्रेष्ठ, तिर्थबहादुर खड्का रहेका छन् भने मनोनित सदस्यमा नारायण खड्का रहेका छन् । समितिको पहिलो बैठकले सचिव र प्रबन्धक मनोनयन गर्ने बताइएको छ ।

प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले गरेका थिए । प्रा.लिले आर्थिक वर्ष २०७५÷७६ मा २ करोड ५७ लाख ६६ हजार ५३१ रुपैयाँको कारोबार गरेको बताएको छ । धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको नामबाट २०५५ सालदेखि साविकको धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका यात्रुहरुलाई सेवा प्रदान गर्दै आएको थियो ।

प्रालिका ३०० ओटा बस र माइक्रोबसले साविकका ४ ओटै जिल्लाबाट काठमाडौं, चितवन, वीरगञ्ज कोठियाघाट, काकरभिट्टा लगायतका गन्तव्यमा यातायात सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्