arthik abhiyan
ad banner

तथ्यांकोवाच : शृंगारसम्बन्धी क्रीममा विद्यमान सम्भावना

Sep 1, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा शृङ्गारजन्य क्रीमको आयात वर्सेनि २० प्रतिशतका दरले बढिरहेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै यस्ता क्रीमको आयात करीब रू. ३ अर्ब ३० करोडको भएको छ । विप्रेषणजन्य समृद्धि, शृङ्गारप्रति बढ्दो आकर्षण र पछिल्ला वर्षहरूमा पुरुषको पनि शृङ्गार प्रसाधन प्रयोग गर्ने प्रवृत्तिमा भइरहेको वृद्धिका कारण आगामी समयमा यस्ता क्रीमको माग अझ बढ्ने अनुमान गर्न सकिन्छ । आईटीसीका अनुसार सो अवधिमा विश्वमा करीब ४४ अर्ब यूएस डलर बराबरको शृंगारसम्बन्धी क्रीमको आयात भएको छ, जसको मूल्यमा वार्षिक वृद्धिदर १२ प्रतिशत र परिमाणमा वार्षिक वृद्धिदर ६ प्रतिशत रहेको छ । यी तथ्यांकहरूले एकातिर मुलुकमा शृंगारसम्बन्धी क्रीमको उद्योग स्थापना र उत्पादन विस्तारको सम्भावना राम्रो देखिएको छ भने अर्कोतिर विश्व बजारमा स्वास्थ्यलाई हानि नगर्ने आयुर्वेदिक शृंगारसम्बन्धी क्रीमको निर्यातको सम्भावना पनि रहेको छ । 

यसका लागि शृंगार उद्योगलाई अनुदान र प्रोत्साहनबाट संरक्षण प्रदान गरिनु आवश्यक छ भने यस उद्योगलाई करमुक्तिको सुविधा दिइनु पनि आवश्यक छ, ताकि नेपाली उत्पादनहरू भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धी बन्न सकून् । यसै गरी शृंगारसम्बन्धी क्रीमको गुणस्तर नियमन गर्ने अन्तरराष्ट्रिय जगत्ले मान्यता प्रदान गरेको प्रयोगशाला सहितको गुणस्तर प्रमाणीकरण निकायको स्तरोन्नति गर्नु पनि आवश्यक छ । वार्षिक रू. ३ अर्बको बजार आयात हुने वस्तुको उद्योगलाई कम आकलन गर्न हुँदैन । 


 

प्रतिक्रिया दिनुहोस्