arthik abhiyan
ad banner

कोशी पीडितको अनशन १६औं दिन पनि जारी

Sep 2, 2019 
प्रदेश ०२
NA

राजविराज (अस) । कोशी पीडितहरूको अनशन आइतवार (१६औं दिन) पनि जारी रह्यो । कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा, बाढीले जग्गा र बालीमा पुर्‍याएको क्षतिको राहत, जग्गाको सुरक्षा तथा नेपाल–भारत सरकारबीच भएको कोशी सम्झौता कार्यान्वयनको मागसहित सप्तरी, सुनसरी, उदयपुर लगायतका प्रभावित बासिन्दाले साउन ३२ गते अनशन शुरू गरेका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले बताउँदै आएका छन् । 

माग सम्बोधन र पहलका लागि गत १३ साउनमा संघर्ष समितिले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर त्यसको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कोशी पीडित उत्थान समाजका सचिव तथा संघर्ष समितिका सदस्य घनश्याम झाले बताए ।

यसैबीच, कोशी पीडितहरूको समस्यालाई नेपाल र भारत दुवै देशका सञ्चारकर्मीले महत्त्व दिने प्रतिबद्धता गरेका छन् । कोशी ब्यारेजको कन्ट्रोल रूम नजीकै अनसनमा बसेका कोशी पीडितको अवस्था बुझ्न शनिवार त्यहाँ पुगेका सञ्चारकर्मीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कोशी नदी कटान डुबान पीडित संघर्ष समिति सुनसरी उदयपुर र सप्तरीका वरिष्ठ सह संयोजक ज्योति झाले कोशी ब्यारेज निर्माणका क्रममा नेपाल–भारतबीच भएको कोशी सम्झौता अनुसार आफूहरूले क्षतिपूर्ति र मुआब्जा पाउन नसकेको गुनासो गरे । माग सुनुवाइ नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी समेत उनले दिए । कोशी ब्यारेज निर्माणका क्रममा विस्थापित सप्तरी, सुनसरी र उदयपुरका हजारौं बासिन्दा मुआब्जा र क्षतिपूर्तिको मागसहित पटक पटक आन्दोलित हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्