arthik abhiyan
ad banner

पशुपतिनाथमा  तिजको रमझम(फोटो  फिचर)

Sep 2, 2019 
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १६ ,काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा महिलाहरुको बिहानैदेखि भीड लागेको छ ।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन् । रातो सारीमा सजिएका नारीहरु नाचगान गर्दैछन् भने कतिपय पशुपतिनाथको दर्शन गर्न व्यस्त छन् ।

तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वास रही आएको छ । दर्शनका लागि लाइनमा बसेका ब्रतालुहरुले विगतको तुलनमा यो वर्ष लाइनमा वस्न सहज भएको बताए ।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष करीव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । तीजको अवसर पारेर पशुपतिनाथ क्षेत्रमा करीव ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको  कोषले बताएको छ ।

ब्रतालुहरुलाई सहजता दिलाउन विभिन्न  स्थानमा अस्थायी स्वास्थ्य शिविर पनि  सञ्चालन गरिएको छ ।

हेरौं, अभियानकर्मी मोनिका मल्लले तिजको अवसरमा  पाशुपत क्षेत्रमा भएको गतिविधिबारे क्यामेरामा कैद गरेका तस्वीरहरु :

 


 

प्रतिक्रिया दिनुहोस्