arthik abhiyan
ad banner

बरफमा चलाउन मिल्ने चारपांग्रे साइकल

Sep 3, 2019 
यातायात
Image Not Found

‘पोडराइड’ नामक चारपांग्रे साइकललाई पेडलको माध्यमबाट बरफ जमेका सडकमा समेत कुदाउन सकिने गरी बनाइएको छ । यो साइकलको निर्माण स्विडेनका माइकल जेलम्यानले गरेका हुन् । माइकलले मिड स्विडेन युनिभर्सिटीबाट मेकानिकल इन्जिनीयरिङ अध्ययन गरेका थिए । व्यावसायिक रूपमै इन्जिनीयर रहेका उनले आफ्नै एकल प्रयासमा यो साइकलको डिजाइन तथा निर्माण गरेका हुन् । 

यसको निर्माण विशेषगरी चिसो तथा बरफ जम्ने स्थानलाई ध्यानमा राखी गरिएको छ । साइकललाई कम वजन तथा पानी प्रतिरोधीसमेत बनाइएको छ । 

पोडराइडको कुल वजन ७० किलोग्राम छ । यसमा हातबाट सञ्चालन गरिने विन्डशिल्ड वाइपर पनि जडान गरिएको छ । स्पीड मिटरसहित उपलब्ध गरिएको यो साइकलमा २ सय ५० वाटको मोटर जडान गरिएको छ । साथै, साइकलको पछिल्लो भागमा सामान राख्ने स्थानको पनि व्यवस्था गरिएको छ  । साइकलको अघिल्लो भागमा आकर्षक लुक्स दिने फुल एलईडी लाइट्स पनि छ, जसले गर्दा अँध्यारो स्थानमा समेत यसको प्रयोग सहज रूपमा गर्न सकिन्छ । साइकलको माथिल्लो भागमा छोप्न फोल्डेबल रूफ राखिएको छ । आवश्यक पर्दा यसलाई चालकले सजिलै खोल्न सक्छन् । मोटरको माध्यमबाट चलाउँदा यो साइकल अधिकतम २५ किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ । साइकलमा जडान गरिएको मोटर विद्युतीय शक्तिको माध्यमबाट चल्ने बताइएको छ । ब्याट्रीबाट चल्ने भएकाले यो साइकल वातावरणमैत्रीसमेत छ ।

माइकलले यसको निर्माण पैसा कमाउने उद्देश्यले गरेको जेलम्यानले बताएका छन् । साइकल वातावरणीय हिसाबले समेत उपयोगी रहेको उनको भनाइ छ । साइकल निर्माण गर्नुपर्दा उनले विभिन्न चुनौतीको सामना गर्नुपरेको थियो । तीमध्ये सर्वाधिक तनाव यसको टेक्स्टाइल डिजाइन गर्दा भएको उनले बताए । यसको निर्माणका लागि मेशिनरी पार्ट्स जुटाउन समेत उत्तिकै गाह्रो भएको उनको अनुभव छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्