arthik abhiyan
ad banner

दस नम्बरीहरू

Sep 4, 2019 
१० वर्ष अघि
NA

नेपाल दूरसञ्चार संस्थाले सुरुमा बाँडेको मोबाइलमा नौ वटा नम्बर थिए । पछि प्रिपेड पनि ल्याएपछि पोस्टपेड, प्रिपेड मोबाइलमा दश वटा नम्बर सुरु ग¥यो । पछि ‘मेरो मोबाइल’ आयो । यसले पनि दसै वटा नम्बर प्रयोग गर्‍यो ।

यसरी मेरो होस् वा तेरो मोबाइल दसै वटा नम्बर राख्नुपर्ने प्राविधिक बाध्यता हो कि के हो मैले बुझेको छैन । तर, मोबाइल प्रयोग गर्दा भोग्नुपर्ने दसवटा झन्झट विचार गर्दा दस वटा नम्बर राख्नुमा पक्कै पनि बलियो आधार छ भन्न सकिन्छ । जस्तै :
मोबाइलमा फोन गर्नुपर्‍यो भने दसपटक कोसिस गरेपछिमात्र एकपटक फोन लाग्छ ।
फोन लागेको दस सेकेन्ड कुरा गरेपछि लाइन काटिन्छ ।
मोबाइलमा कुरा गरुन्जेल पनि दसपटकसम्म फोन टुट्दै जोडिँदै गर्छ ।
यति गरिसकेपछि तपाईंको फोनमा रू. १० उठिसकेको हुन्छ । यस्तो हुँदा पनि मोबाइल सेवा प्रदायकहरूको सिकायत नगर्ने र लुरलुरू पैसा मात्रै तिर्दै जाने प्रयोगकर्ताहरू सबै दस नम्बरी हुन् ।

मेलाको मेलो
गाउँ होस् वा सहर आजकल हरेक ठाउँमा हरेक महोत्सव हुन थालेका छन् । चुरा महोत्सव, चरा महोत्सव, रोजगार मेला, बेरोजगार मेला, दसैं मेला, मोटरसाइकल मेला इत्यादि । त्यति मात्रै कहाँ हो र !

(तीतोमीठोबाट)
वर्ष ३, अंक ५० २०६५, भदौ २–८

प्रतिक्रिया दिनुहोस्