arthik abhiyan
ad banner

सुर्खेत बेस बनाएर उडान गर्दै सेना

Sep 4, 2019 
विविध
NA

काठमाडौं (अस) । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंलाई बेस बनाएर उडान गर्दै आएको नेपाली सेनाले पश्चिमको सुर्खेतलाई पनि बेस बनाएर उडान गर्ने भएको छ । दैवी प्रकोप तथा आपत्कालीन अवस्थामा अस्थायी रूपमा पुर्व र पश्चिम बेस बनाई उडान गर्दै आएको सेनाले स्थायी रूपमा पश्चिम एयर बेस सञ्चालन गरेको हो । मंगलवार प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त बेस सञ्चालनको औपचारिक रूपमा शुरू गरेका हुन् ।

काठमाडौंको आन्तरिक विमानस्थलबाट हाल सेनाले हेलिकप्टर र जहाज गरी १० ओटा विमानबाट उडान गर्दै आएको छ । हाल सेनासँग २ ओटा जहाज छन् ।  काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको सेनाको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । यसले मनसुन, दैवी प्रकोपको अवस्था र कर्णालीबाट बिरामीलाई उद्धार गर्दा काठमाडौंबाट नै उडान गर्नुपर्ने बाध्यता हट्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्