arthik abhiyan
ad banner

अज्ञात समूहले केरा काटेपछि.....

Sep 4, 2019 
प्रदेश ०३
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १८, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेस्थित नमोबुद्ध कृषि फर्मको १३ कट्ठामा लगाइएको ७५० ओटा केराको बोट गएराति अज्ञात समूहले काटेर क्षति पुर्‍याएको छ ।

केराखेती पूर्ण रुपमा नष्ट भएको वडाअध्यक्ष ललित घलानले बताए । घटनामा क–कसको संल्गनता छ भन्ने बारेमा केहि  खुलेको छैन । युवा व्यावसायीको कामलाई हतोत्साही गराउने गरी भएको यो घटनाले कृषि क्षेत्रलाई त्रसित पारेको उनले बताए  ।

क्षतिको खवर सार्वजनिक भएपछि वडा अध्यक्ष लगायतको टोलीले फर्मको अनुगमन गरेको थियो । घटनामा संलग्नको खोजी शुरु गरिएको पदमपोखरी प्रहरी चौकीले बताएको  छ । 

गत वर्ष रू.३ लाखको लागतमा बिरुवा रोपिएको र ज्याला तथा हेरचाहमा लाखौं रुपियाँ खर्च भएको फर्मका सञ्चालक बलराम बलले बताए । 

 केराको बोट काटेर सोत्तर पार्ने अज्ञात समूहको खोजी गरी कडा कारबाही गर्न  तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निबेदन दिइएको उनको भनाई छ । बारीको केरा नष्ट भएपछि युवा व्यावसायीहरुमा नैराश्यता आउने भन्दै वडाध्यक्ष घलानले दोषि पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्