arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दलाल नथप्न शक्ति केन्द्रहरूको चलखेल

Sep 5, 2019  
१० वर्ष अघि
NA

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त र राजनीतिक नेताहरूबीचको खिचातानीका कारण लम्बिएको २७ जना सेयर दलाल थप्ने प्रक्रियाले नयाँ मोड लिएको छ । २०६४ माघमा यस बारेमा प्रक्रिया सुरु भएयता परेका मुद्दाहरूलाई सर्वोच्च अदालतले किनारा लगाइसकाक्दा समेत नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पक्रिया अगाडि बढाउनेतर्फ चासो नदेखाएपछि दलाल थप्ने प्रक्रिया अझै अन्योलपूर्ण बनेको छ । 

नुवाकोटका कांग्रेसी कार्यकर्ता राजन अधिकारीले ‘दलालको नियुक्तिको क्रममा प्रक्रियागत त्रुटि रहेको’ भन्दै दिएको मुद्दामा सर्वोच्च अदालतले केही दिनअघि स्टक एक्सचेन्जको पक्षमा फैसला गरेपछि दलाल नियुक्तिको बारेमा सम्पूर्ण कानुनी अड्चनहरू हटेका छन् । तर, स्टक एक्सचेन्जले भने अदालतमा मुद्दा विचाराधीन भएकाले भन्दै अदालतको मुद्दा नटुंगिएको प्रचार गरिरहेको छ । सर्वोच्चले केही दिन अगाडि गरेको फैसलाको पूर्ण पाठ भदौ २५ गतेसम्ममा आउने बताउँदै नेप्सेका उपमहाप्रबन्धक तथा दलाल छनोट परीक्षा समितिका सदस्य सचिव विनय गुरुङले त्यसबारेमा कुनै पनि प्रकारको समाचार नलेख्न अनुरोध गरे ।  

वर्ष ५, अंक १ २०६६, भदौ ८–१४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्