arthik abhiyan
ad banner

विद्युतीय यातायातमा आशा

Sep 5, 2019 
सम्पादकीय
NA

निजीक्षेत्रबाट सञ्चालित सुन्दर यातायात प्रालिले सुकेधारा, चाबहिल र सीतापाइलामा चार्जिङ स्टेशन राखेको छ भने आगामी सोमवादेखि विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

सातओटा विद्युतीय सवारीसाधनहरू सञ्चालन गर्ने र थप ११ ओटा बस यही महीनाभित्र भित्रिएपछि १८ ओटा विद्युतीय बसबाट उपत्याकामा सेवा दिने प्रालिको योजना छ । नेपालमा निजीक्षेत्रबाट विद्युतीय बसबाट सार्वजनिक यातायात शुरू हुनु नया“ थालनी हो । यसको सफलताले नेपालको सार्वजनिक यातायात विद्युतीय बनाउने ढोका खोल्ने विश्वास गरिन्छ ।
 
अहिले विश्वको ध्यान विद्युतीय यातायाततर्फ तानिएको छ । वातावरणीय प्रदूषणको चिन्तालाई केही मात्रामा सम्बोधन गर्ने भएकाले विश्व यसतर्पm तानिएको हो । नेपालमा भने व्यापारघाटा कम गर्न समेत सहयोगी हुने अपेक्षा गरिएको छ ।
 
केही वर्षअघिसम्म नेपालमा ठूला विद्युतीय बसहरूबाट सार्वजनिक यातायात दिने विषयमा कसैको पनि ध्यान गएको थिएन । तर, सरकारले विद्युतीय सवारीलाई छूट दिए पछि र नेपालमा पर्याप्त बिजुली उपलब्ध हुन्छ भन्ने भएपछि यसतर्फ आकर्षण बढेको हो । राजधानीमा हालैसम्म सवारीसाधनको प्रदर्शनीमा निजी सवारीका लागि पनि विद्युतीय साधनप्रति निकै आकर्षण बढेकोबाट पनि यसको पुष्टि हुन्छ ।
 
हुन पनि नेपालको प्रत्येक वर्ष बढ्दो व्यापारघाटाले अर्थतन्त्रमा निकै सकस पैदा गरेको छ । व्यापारघाटामा ठूलो अंश पेट्रोल र डिजेलको रहेकाले यसको आयात कम गर्न सके आयात घटाउन सकिन्छ । हुन त शुरूमा विद्युतीय सवारीसाधन भित्र्याउँदा बढी पैसा विदेशिन्छ । तर सञ्चालन खर्च ज्यादै कम भएकाले पेट्रोलियम आयातलाई कम गर्दै लैजानेछ ।
 
नयाँ प्रविधिका कारण ब्याट्रीको आयु बढ्दै छ र सस्तो पनि हुँदै छ । अबको ५–७ वर्षपछि ब्याट्रीको मूल्य निकै घट्ने अनुमान गरिएको छ । यस्तोमा सार्वजनिक सवारीलाई विद्युतीय बनाउ“दा राज्यलाई निकै फाइदा हुने देखिन्छ । तर, विद्युतीय सवारीका चुनौती पनि थुप्रै छन् ।
 
विद्युतीय सवारीको कुरा गर्नासाथ ट्रली बसको दुःखद अन्त्यको सन्दर्भ जोडिन आउँछ । चिनियाँ सरकारले अनुदानमा दिएका बस सञ्चालन गर्न नसकेर यो बन्द नै भयो । यो इतिहास नदोहोरिएला भन्न सकि“दैन । निजीक्षेत्रले सार्वजनिक यातायातमा राम्रो सुविधा दिन खोजे पनि त्यो नटिकेको उदाहरण प्रशस्तै पाइन्छ । अहिले चिनियाँ बसहरू सञ्चालन गर्न लागिएको छ । तर, त्यस्तो बस सञ्चालनका लागि नेपाली सडकको अवस्था राम्रो छैन । यसले गर्दा ती चाँडै नै बिग्रिएर ममर्तसम्भारमा बढी खर्च लाग्न सक्छ । त्यसो भयो भने सेवामा निरन्तरता दिन समस्या आउन सक्छ ।
 
साझा यातायातले पनि निकट भविष्यमै विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । यसका लागि उसले कोटेशन आह्वान गर्ने तयारी गरिरहेको छ । यस्तै अन्य केही निजी कम्पनीहरूले पनि विद्युतीय सवारीसाधन चलाउने प्रक्रिया शुरू गरेका छन् ।
 
तर, सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने भने पनि त्यसअनुसार सहजीकरण भने गरिदिएको छैन भन्ने देखिन्छ । रूट इजाजत, भाडादर, चार्जिङ मूल्य जस्ता कुरामा सरकारको ढिलासुस्तीले गर्दा निजीक्षेत्रले चाहेजति छिटो सेवा दिन सकेका छैनन् ।

पेट्रोलियमबाट चल्ने पुराना सवारीसाधनलाई विद्युतीय बनाउन सकिन्छ । नयाँ सवारीसाधन किन्दाभन्दा यो निकै सस्तो पर्छ । नेपालकै इन्जिनीयरहरूले यो काम गर्न सक्छन् । तर, सरकारले नीति नबनाउ“दा यो काम अगाडि बढ्न सकेको छैन ।
 
झन्डै १ वर्षअघि गरिएको एक अध्ययनले नेपालमै पनि विद्युतीय मिनीबस जडान गर्न सकिने र यसको मूल्य विदेशबाट आयात गरिएको भन्दा निकै सस्तो पर्ने निष्कर्ष निकालेको थियो । तर, सरकारले यो कामलाई अघि बढाउन चासो दिएन ।

खनिज इन्धनबाट चल्ने गाडीमा झन्डै २४८ प्रतिशत कर तिर्नुपर्छ । वार्षिक कर पनि छँदै छ । त्यसमाथि इन्धन खरीदका लागि पनि उत्तिकै खर्च लाग्छ । मेन्टिनेन्स खर्च पनि विद्युतीयमा भन्दा बढी लाग्छ । यस्तोमा आफ्नै देशको विद्युत् खपत गराउने विद्युतीय गाडीको प्रवद्र्धन गर्न सके समृद्धितर्पmका यात्रामा निकै सहयोगी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्