arthik abhiyan
ad banner

होटल व्यावसायी संघ रौतहटको अध्यक्षमा अर्याल 

Sep 5, 2019 
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १९, रौतहट । होटल व्यावसायी संघ रौतहटको अध्यक्षमा पुनः  देवेन्द्र अर्याल निर्वाचित भएका छन् ।  

चन्द्रनिगाहपुरमा बिहीवार भएको संघको तेश्रो जिल्ला अधिवेशनले आर्याललाई अध्यक्षमा चयन  गरेको हो ।

सो अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सह–सचिवमा शिवराम राउत रहेका छन् ।

सदस्यहरुमा भने अरुण लामा, सुमन कार्की, गंगा खड्का, सरिता पौडेल, रुपक तिमल्सिना, पप्पु तिवारी, बिरेन्द्र साह र रामयण साह छन् । यसै गरि संघको बरिष्ठ सल्लाहकारमा खड्ग बम्जन तथा बिनोद गुप्ता रहेको होटल व्यावसायी संघ रौतहटले बताएको छ ।

गौर तथा गरुडाबाट दुई/ दुई जना र बाग्मतीबाट एक जना सदस्यलाई मनोनित गर्न बाँकी रहेको संघका अध्यक्ष  अर्यालले बताए । होटल व्यवसाय क्षेत्रमा लगानी बिस्तार गर्दै सुविधायुक्त बनाउन व्यावसायीहरु सक्रिय भएको  भन्दै नवनिर्वाचित अध्यक्ष  अर्यालले ग्राहकमूखी सेवा दिनु  आवश्यक  रहेको  बताए ।

यस अघि पनि उनी होटल व्यावसायी संघ रौतहटको अध्यक्ष थिए  ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य धनलाल ठोकरले चन्द्रनिगाहपुर क्षेत्रमा आधुनिक तथा सुविधायुक्त  होटल र लज  स्थापना हुने  क्रममा बृद्धि भएको भन्दै तिनै तहका सरकारले व्यवसाय प्रर्वद्धनमा जोड दिनु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्