arthik abhiyan
ad banner

८१ लाख लागतको शहीद गेट निर्माण अलपत्र

Sep 6, 2019 
प्रदेश ०२
NA

राजविराज (अस) । राजविराज नगरपालिकामा–९ मलेठमा ‘शहीद स्मारक गेट’को निर्माण अलपत्र परेको छ । नगरपालिकाले गत २०७५ पुस १४ मा उक्त गेट निर्माणका लागि माँ गहिल निर्माण सेवा कम्पनीसँग सम्झौता गरेको थियो । रू. ८१ लाख लागतको यो योजना गतवर्षको १५ असारमै सक्नुपर्ने सम्झौता भए पनि कामले गति लिएन ।

ठेकेदार कम्पनीले समयमा काम पूरा गर्न नसकेपछि गत आव २०७६ को असारसम्म काम सक्नेगरी दोस्रोपटक म्याद थपिएको थियो । तर सो समयसीमामा पनि सम्पन्न हुन नसकेको हो । शहीद गेटको छेउबाट सहज आवागमनका लागि डाइभर्शन समेत नबन्दा यातायात असहज भएको छ । वर्षाले उक्त बाटो अत्यधिक हिलाम्मे हुने भएकाले आपूmहरूले सास्ती पाएको स्थानीय महेश्वर यादवको गुनासो छ । उक्त काम यथाशक्य छिटो सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।

ठेकेदार कम्पनीले हालसम्म करीब ७५ प्रतिशत मात्र सम्पन्न गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं सूचना अधिकृत मनोजकुमार यादवले बताए । शहीद गेट तथा शहीद स्मारक स्तरोन्नति’ शीर्षक अन्तर्गत शहीद गेट निर्माण, आर्क ढलान, टायलिङ, मलेठ घटनाका शहीद इनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्दकुमार साह र वीरेन्द्र महतोको प्रतिमा निर्माण, बिजुलीबत्ती जडान लगायत काम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्