arthik abhiyan
ad banner

लिपिङमा जलविद्युत् निर्माण गरिँदै

Sep 6, 2019 
प्रदेश ०३
NA

चौतारा । नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङ खोलामा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ । हिमशिखर प्रालिद्वारा रू. ३ अर्ब २६ करोड लगानीमा १६ दशमलव २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना २०७९ सालमा सम्पन्न हुनेगरी निर्माण गर्न लागिएको प्रवद्र्धक रामकाजी पौडेलले जानकारी दिए । आगामी दशैंपछि निर्माण शुरू गरिने उक्त आयोजनाका लागि एनएमबी बैंकसँग ऋण सम्झौता भएको पौडेलले बताए । लिपिङस्थित अरनिको राजमार्गबाट माथि रहेको स्थानमा विद्युत्गृह निर्माण गरिने र त्यहाँबाट २ हजार ६०० मिटरमाथि बाँध निर्माण गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्