arthik abhiyan
ad banner

तथ्यांकोवाच : धूलो दूध आयातमा लगानीको सम्भावना

Sep 8, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । विगत ११ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा नेपालमा करीब रू. १ अर्बको धूलो दूध आयात हुने गरेको छ । नेपालमा हुने धूलो दूधको आयातमध्ये भारतको अंश करीब ८३ प्रतिशत छ भने बाँकी १७ प्रतिशत दूध विश्वका विभिन्न देशबाट आयात हुने गरेको छ । विगतमा घ्यू निर्यातले नेपालको ग्रामीणक्षेत्रको आर्थिक क्रियाकपालमा महŒवपूर्ण योगदान दिए पनि पशुपालन क्षेत्रमा यथोचित व्यवस्था गर्न नसक्दा हालका वर्षमा दुग्धजन्य वस्तुको आयात निकै बढेको छ । यसले मुलुकमा धूलो दूधको क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको संकेत गर्छ । विश्वभर करीब २० अर्ब डलरको धूलो दूधको व्यापार हुन्छ । यस पक्षलाई समेत ध्यानमा राखेर सरकारले पशुपालन र दुग्ध उद्योगलाई करमुक्त क्षेत्र घोषणा गरी लगानीकर्ता तथा कृषकलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ । यसरी धूलो दूूधमा मुलुक आत्मनिर्भर बन्नुका साथै निर्यातको पनि प्रशस्त सम्भावना देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्