arthik abhiyan
ad banner

घोप्टेभीरमा पहिरो : बेनी–जोमसोम सडक अवरुद्ध

Sep 8, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २२, म्याग्दी । बेनी–जोमसोम सडक खण्डमा आइतवार विहान पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको  छ ।

उक्त सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो ।

पहिरोले सडकको करीब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए ।

भत्किएको सडक सोमवार सम्ममा सुचारु गराउने गरि मर्मतको काम अघि बढाईएको उनले बताए । 

मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणलाई समस्या भएको छ ।सडक अबरुद्ध बनेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आवत- जावत गर्ने सवारी साधन पनि बाटैमा अलपत्र परेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्