arthik abhiyan
ad banner

संविधान दिवसमा विशेष छुट !

Sep 8, 2019 
प्रदेश ०६
Image Not Found
फाइल तस्वीर
author avatar अभियान संवाददाता

भदौ २२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले चौंथो संविधान दिवसको अवसरमा ग्राहकलाई विशेष छुट दिन व्यवसायीसँग आग्रह गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रका तर्फबाट संविधान दिवसको अवसर पारेर वस्तुको विक्रीमा छुट दिने संघको निर्णय कार्यान्वयन गर्न वस्तुगत समिति, उद्योगी, व्यवसायीलाई आग्रह गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।

दिवसका अवसरमा ३ दिन विभिन्न कार्यक्रमको आयोजना गरिने पनि उनले बताए । उनका अनुसार असोज २, ३ र ४ गते साँझ पसल अगाडि दिपावली गर्ने र ३ गते बिहान ७ बजे मंगलगढी चोकमा राष्ट्रिय पोशाकसहित प्रभात र्‍यालीको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्