arthik abhiyan
ad banner

प्रविधि कम्पनीमाथि अनुसन्धान बढाउँदै अमेरिका

Sep 9, 2019 
प्रविधि
Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । एकाधिकार विरोधी नियम उलंघन गरेको आशंकामा अमेरिकाका प्रमुख प्रविधि कम्पनीमाथि अनुसन्धान हुने भएको छ । गत शुक्रवार दुई अमेरिकी महान्यायाधिवक्ताको समूहले गूगल र फेसबुकजस्ता कम्पनीमाथि छुट्टाछुट्टै अनुसन्धान अघि बढाउने घोषणा गरेको हो । 

पहिलो अनुसन्धान अमेरिकाको न्यूयोर्कसहित सात राज्यमा हुनेछ, जसमा फेसबूकलाई केन्द्रित गरिएको छ । दोस्रो अनुसन्धान टेक्सास र अन्य ४० राज्यमा हुनेछ । यसमा भने कुनै कम्पनी तोकिएको छैन । तर यसको केन्द्रमा गूगललाई राखिएको छ । कुनै समय आर्थिक विकासको महŒवपूर्ण खम्बाको रूपमा चिनिएका प्रविधि कम्पनीमाथि पछिल्लो समय एकाधिकार विरोधी नियम तथा गोपनीयताको उल्लंघनजस्ता आरोप लागेको छ । 

शुक्रवार गूगलको माऊ कम्पनी अल्फाबेटले अमेरिकाको न्याय मन्त्रालयले अनुसन्धानका लागि अगस्टको अन्तिममा सूचना तथा केही कागजात मागेको जानकारी दिएको छ । सोही किसिमको अनुसन्धान महान्यायाधिवक्ताबाट हुन सक्ने र त्यसका लागि पूर्ण सहयोग गर्न तयार रहेको उले बताएको छ । अमेरिकाको न्याय मन्त्रालय र फेडेरल ट्रेड कमिशनले फेसबूक, गूगल, एप्पल र एमेजनजस्ता कम्पनीमाथि अनुसन्धान गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्