arthik abhiyan
ad banner

फोरजीका लागि ‘सिस्टम अपग्रेड’ गर्दै टेलिकम

Sep 9, 2019 
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटीई सेवाका लागि ‘सिस्टम अपग्रेड’ सम्बन्धी कार्य शुरू गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले शनिवार राति ११ः३० बजेदेखि फोरजी सेवा स्तरोन्नतिको काम अघि बढाएको हो । यो क्रममा मोबाइल सेवामा केही कठिनाइ आउन सक्ने टेलिकमले बताएको छ ।

मोबाइल सेवा अवरुद्ध भएमा मोबाइल स्विचअफ गरी पुनः स्विचअन गर्न पनि टेलिकमले भनेको छ । उपभोक्तालाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवा उपलब्ध गराउने प्रयास गरिँदै आएको कम्पनीले बताएको छ । यस्तै देशभर नै फोरजी/एलटीई सेवा विस्तार जारी रहेको जानकारी उसले दिएको छ । 

टेलिकमले दशैंअगावै २० शहरमा फोरजी सेवा शुरू गर्ने बताएको छ । हाल काठमाडौं र पोखरामा मात्र भएको फोरजी अब देशव्यापी रूपमा विस्तार गर्न लागिएको कम्पनीको भनाइ छ । रू. १९ अर्ब लागतमा दुई चिनियाँ कम्पनीलाई जिम्मा दिएको उक्त परियोजना अन्तर्गत कोर नेटर्वक परीक्षणको काम अन्तिम चरणमा छ । १ वर्षभित्र कम्पनीले सातै प्रदेशका दुर्गम गाउँसम्म फोरजीको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्