arthik abhiyan
ad banner

शनिवारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

Sep 9, 2019 
प्रदेश ०६
Image Not Found

भदौ २३, जुम्ला । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रवार राति आएको बाढीले शनिवारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो । आइतवार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । 

राजमार्ग अवरुद्ध भएपछि शनिवारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए । सडक सञ्चालन भएपछि आइतवार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए । शुक्रवार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पुर्‍याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोखे । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्