arthik abhiyan
ad banner

३५ लाखको लगानीमा मुलपानीमा झोलुंगे पुल

Sep 9, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, म्याग्दी । रघुगंगा गाउँपालिका–६ स्थित मुलपानीमा झोलुंगे पुल निर्माण भएको छ । झोलुंगे पुल सहयोग कार्यक्रम (टीबीएसयू)को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो । रू. ३५ लाख ८१ हजार ४६९ हजारको लागतमा निर्माण भएको उक्त पुलबाट ५४ घरधुरी लाभान्वित भएका छन् ।

यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने, भेडिखाल्टा, मल्कवाङ र खिवाङका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माण भएपछि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिए ।

यस वर्ष रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानीको ठूलोखोलामा पनि रु. ३३ लाख ८० हजार २३६ को लागतमा ५७ मिटर लामो पुल निर्माण भएको छ । ठूलोखोलाको पुलबाट ठाडाखानीका १०३ घरधुरीका साथै धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्