arthik abhiyan
ad banner

पर्वतमा ३४६ घरेलु उद्योग दर्ता

Sep 10, 2019 
प्रदेश ०६
NA


पर्वत (अस) । पर्वतमा गत आर्थिक वर्ष २०७५/७६ मा ३४६ ओटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय पर्वतका अनुसार कृषि तथा वनतर्फ सबैभन्दा बढी २०६ ओटा उद्योग दर्ता भएका छ्न । सेवामूलक ५९, पर्यटन ५२ र उत्पादनमूलक २९ ओटा उद्योग दर्ता भएका छन् ।
 
कार्यालय प्रमुख उद्योग विकास अधिकृत गोविन्दप्रसाद पौडेलका अनुसार सो अवधिमा ३३५ उद्योगले दर्ता नवीकरण गरेका छन् भने ३४ ओटा उद्योग खारेज भएका छन् । उनका अनुसार सेवामूलक १६९, उत्पादनमूलक ३४, कृषि तथा वन ४० र पर्यटनतर्फको ९२ ओटा उद्योगले नवीकरण गरेका छन् । ४६ ओटा उद्योगले प्रतिलिपि लिएका छन् । कार्यालयका अनुसार सो अवधिमा वाणिज्यतर्फ २३० निजी फर्म दर्ता भएका छन् भने ४०९ निजी फर्म नवीकरण गरिएको छ । वाणिज्यतर्फ ६२ फर्म खारेज भएका छन् ।
 
गत आवमा कृषि र वनसँग सम्बन्धित उद्योग धेरै दर्ता हुनुमा कृषिमा युवाको आकर्षण हुनु र अनुदान लिन अनिवार्य फर्म दर्ता गरी प्यान लिनुपर्ने बाध्यता कारण रहेको पौडेलले जानकारीदिए । कार्यालयले घरेलु तथा साना उद्योगलाई अनुदानमुखी कार्यक्रमअन्तर्गत प्रविधि हस्तान्तरण र तालीम दिँदै आएको छ । गैरसरकारी संस्थाहरूको सहकार्यमा उद्यमी तयार पार्ने कार्य समेत सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्